८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनको ल्हासामा रोकिएका सामग्रीको आयात सुरु

रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।

चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना

चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ। एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।

नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।

नेपालबाट हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

चीन सरकारद्वारा प्रदान गरिएको खोप नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारद्वारा प्रदान गरिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

हिरासतमा मानवअधिकार हनन: युरोप र अमेरिकाले चीनमा लगायो प्रतिबन्ध

पश्चिमी यूरोपियन देशहरूले मुस्लिमहरूमाथिको मानवअधिकार शोषण गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन्। चीनले वीगर मुस्लिमलाई देशको उत्तर पश्चिमी क्षेत्र शिनजियांगको हिरासतमा राखेको छ।

ल्हासाबाट सिधै रसुवागढीसम्म सामान आउन थाले

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउन चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधै सामान पठाउन थालेको छ। बीचमा भण्डारण गरेर राख्दा विभिन्न समस्या आएको भन्दै पछिल्लो समय नाकासम्मै पठाउन थालेका हुन्।

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी

चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ।

चीनले बनायो कोरोना पासपोर्ट

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यस प्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो।

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ। गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शेयर बजारमा उछाल आएसँगै चीनमा २ सय भन्दा बढी नयाँ अर्बपति थपिए

विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थियो। एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन्। सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५०अर्ब डलरले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्