चीनसँग वार्ता मिति प्रस्ताव
पारवहन सम्झौताको सात महिनापछि प्रोटोकलको प्रारम्भिक खाका प्रस्तुत गर्दै नेपालले चीनसँग द्वीपक्षीय वार्ताका लागि मिति प्रस्ताव गरेको छ। वाणिज्य मन्त्रालयले प्रोटोकलमथि छलफल गर्न चीनसमक्ष कातिक २१–२३ को मिति प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता रविशंकर सैंजूले बताए।