२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसपछि इरानपनि चीन–पाकिस्तानको साथमा

इस्लामाबाद–इरान ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुन इच्छुक भएको छ। इरानले यो महत्वकांक्षी परियोजनामा इन्धन सम्पन्न राष्ट्रमा विस्तार गर्न पाकिस्तानसँग छलफल सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पाकिस्तानकालागि इरानका राजदूत मेहदी होनरदोस्तले सो परियोजनामा सहभागी हुने विषयमा सीपीइसी परियोजनाका निर्देशक जाहीर साहसँग छलफल गरेका छन्। पाकिस्तानी पत्रिका टुडेका अनुसार सो बैठकमा सो परियोजनामा इरान सहभागी हुने विषयमा छलफल भएको हो।

‘इरानको विभिन्न निजी क्षेत्रमा अगल अगल क्षेत्रको व्यापक क्षमता छ। ती मध्ये प्रविधि, इन्जिनियरिङ , उर्जा परियोजना तथा सडकलगायतका विषय सामेल छ,’ राजदूतले भने।सो परियोजनामा सहभागी हुन इरान तयारी अवस्थमा रहेको उनले जनाए।

 

प्रकाशित: २६ आश्विन २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App