काठमाडाैं-चिनियाँ सरकारको निमन्त्रणामा राप्रपा नेपालका अध्यक्षा एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कैलाश मानसरोवर प्रस्थान गरेका छन्।
पवित्र तिर्थस्थल मानसरोवरको दर्शन/अवलोकन र तिब्बत भ्रमणको सिलसिलामा थापा बिहीबार ल्हासातर्फ प्रस्थान गरेका हुन्।
पारिवारिक सदस्यसंगै पार्टीका केन्द्रिय कोषाध्यक्ष उद्धब पौडेल पनि भ्रमणमा सहभागी छन्।
अध्यक्ष थापा आगामी कार्तिक २ गते स्वदेश फर्कने पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले बताए।
प्रकाशित: २७ आश्विन २०७३ ११:२७ बिहीबार