९ आश्विन २०८१ बुधबार
image/svg+xml

हिउँदमा ८० मेगावाट विद्युत् थपिँने

बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।

हेवा ‘ए’ जलविद्युत् आयोजना पूरा, राष्ट्रिय प्रसारणमा १० मेगावाट थपिने

पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ।

इन्भटर नचल्दा १०० मेगावाट विद्युत् बचत

तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।

खुल्याे जलविद्युत् उत्पादन कम्पनी, नागरिककाे ३७ प्रतिशत शेयर रहने

सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ।

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

विद्युत् सर्ट भई आगलागी हुँदा एक घर नष्ट, ५० लाखको क्षति

विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापन मात्रै गरिएको हो ।

निष्प्राण बनाउने विद्युत् नीति

अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत विधिसम्मत ढंगले भित्रिएका ऊर्जा उद्यमीले सरकारले गरिदिनुपर्ने काम समयमा नै सम्पन्न गर्न नसक्दा क्षतिपूर्ति दाबी गरी आयोजनाबाट हात झिक्ने हुन् कि भन्ने सन्देह पैदा भएको छ।

विद्युत् उत्पादन बढाउन निर्देशन

सरकारका मुख्य सचिवले लोडसेडिङ घटाउन आगामी असार मसान्तभित्र कम्तीमा थप दुईसय मेगावाट विद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय ऊर्जा संकट सम्बन्धी बैठकपछि मुख्य सचिव सोमलाल सुवेदीले 'लोडसेडिङ न्यूनीकरण कार्ययोजना' कार्यान्वयन गर्न उत्पादन बढाउन नर्देशन दिएका हुन।

उपत्यकाका तीन जिल्लामा विद्युत्का तार भूमिगत गरिने

सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युत्का तार भूमिगत गर्ने तयारी गरेको छ । सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युत्का पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त घिसिङ को हुन्?

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा संस्थाकै ११ तहका कर्मचारी (निर्देशक) कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

रोल्पाका ३० उद्योग र घरमा विद्युत् लाइन काटियो

समयमै विद्युत् महसुल नबुझाउँदा रोल्पा जिल्लाका विभिन्न गाविसका ३० ग्राहकको विद्युत् लाइन काटिएको छ । वर्षौंसम्म महसुल नबुझाउने ती ग्राहकको लाइन काटिएको हो ।

२१ जलविद्युत् आयोजनाको सम्झौता खारेज

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्