९ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्युत् प्राधिकरणकाे आधा आम्दानी भारतलाई

नेपाल विद्युत प्राधिकरणले एक वर्षमा जति आम्दानी गर्छ त्यसको आधाभन्दा बढी हिस्सा भारतलाई बुझाउने गरेको छ ।

तातोपानी क्षेत्रमा विद्युत् सेवा सुचारू

चौतारा– असार २१ गतेराति भोटेकोसी नदीमा अकस्मात आएको बाढीले ट्रान्सफर्मर र पोल बगाएपछि अवरुद्ध भएको सात गाविसमा विद्युत् सुचारु भएको छ। डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि तातोपानी गाविसस्थित निर्माणाधिन सुख्खा बन्दरगाहस्थलसम्म विद्युत् सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रले जनाएको छ।

राष्ट्रिय प्रणालीबाहिर १०३ मेगावाट विद्युत्, दैनिक ७ घण्टा लाेेडसेडिङ

काठमाडौं– महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युतभार कटौतीको समय घट्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको भोटेकोसी जलविद्युत् आयोजना पछिल्लो पटक आएको बाढीका कारण थप समस्यामा परेको छ।

पहिरोले गुम्दाको लघु जलविद्युत् अवरुद्ध, २६० परिवार अँध्याराेमा

गोरखा– अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ। गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी दिए।

जोमसोममा हावाबाट विद्युत् उत्पादन

जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ। बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो ।

मध्यमर्स्याङ्दी जलविद्युत्मा गम्भीर समस्या

निर्माण सम्पन्न भएको दशक नबित्दै यहाँस्थित ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् परियोजनामा गम्भीर समस्या देखिन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्