९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

मेवाखोला आयोजना सम्पन्न, विद्युत् उत्पादन सुरु

खोटाङ—मेवाखोला जलविद्युत् आयोजनाले काम पूरा गरी परीक्षण उत्पादन थालेको छ।

दिक्तेल नगरपालिका– १० स्थित मेवाखोलाबाट समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौँको ४० प्रतिशत गरी करिब रु २२ करोडको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए। 

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला सञ्चालनमा आएपछि हर्षित बनेका छन्। जिल्लामा हाल २ दशमलव ५ मेगावाट विद्युत् खपत भइरहेको छ। विसं २०७१ देखि मेवाखोलाको काम सुरु गरिएको थियो।

आयोजना प्रमुख ललितकुमार राईका अनुसार मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सव स्टेसनमा जोडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस 

प्रकाशित: १५ मंसिर २०७३ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App