२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

समन्वय समितिको संयोजकमा लेखक

सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ।

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।

कांग्रेस संसदीय दलको निर्वाचन सुरु, देउवा र थापाले गरे मतदान

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केही समय ढिलो गरी सुरु भएको हो।

कांग्रेस संसदीय दलको निर्वाचन आज: देउवासँग भिड्दै थापा

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। संसदीय दलको नेताका लागि प्रत्याशी बनेका देउवा र थापा दुवैले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सांसदसँगको भेटलाई तीव्र बनाएका छन्।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

प्रदेश प्रमुखको निर्णय संविधानविरुद्ध छ तत्काल सच्याइयोसः खाँण

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकीय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्