विधिविहीन बन्दै कांग्रेस
‘पार्टी विधान अक्षरसः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठिक एक वर्षअघि भनेका थिए। तर, उनले पार्टी कमान्ड सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ।