२० आश्विन २०८१ आइतबार
image/svg+xml

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छिन्। कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिएकी हुन्।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ।

कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ। टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो।

बडुखोला र भण्डारी मूलको पानी टोखाका घरघरमा पुर्‍याइने

टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ। नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले जनाएको छ।

कोरोना नियन्त्रण र उपचारमा टोखाको चार करोड खर्च

टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ रुपैयाँ खर्च गरेको छ।

टोखामा सङ्क्रमित १३ सय नाघ्यो, होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने

नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने।

टोखामा मात्रै ८ सयभन्दा बढीलाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन्।

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।

मगमगाउँदो टोखा

कोही सखर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए। उनीहरुलाई भ्याइनभ्याई छ। त्यति बेलाका चाकु अहिलेभन्दा निकै स्वादिला हुन्थे, समयसँगै चाकुको स्वाद फेरिएको छ।

मनोहर माविको नयाँ भवन

टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन्।

झोरमा बालमैत्री पार्क र शौचालय

टोखा नगरपालिका–१, झोरमा बालमैत्री पार्क तथा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ । नगरपालिकाले वौडेश्वर महादेव मन्दिर विस्तृत परियोजनाअन्तर्गत बालमैत्री पार्क तथा अत्याधुनिक शौचालय निर्माण थालेको हो ।

टोखामा गोली चल्यो, एक पक्राउ

प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

चौतारा साँगाचोकगढी मेयर कप : भगवती क्लब अन्तिम चारमा

श्री भगवती क्लब टोखा सिन्धुपाल्चोकको सर्वाधिक पुरस्कार राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

'वडालाई धुलोरहित बनाउने योजना छ'

जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडाको आफ्नै कार्यालय समेत थिएन । जनप्रतिनिधि भएर आएसँगै भाडामा घर लिएर वडा कार्यालय सञ्चालन गरेका छौं । अहिले पनि वडाको आफ्नै कार्यालय भवन छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्