२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

झोरमा बालमैत्री पार्क र शौचालय

आशिष पुडासैनी
टोखा नगरपालिका–१, झोरमा बालमैत्री पार्क तथा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ । नगरपालिकाले वौडेश्वर महादेव मन्दिर विस्तृत परियोजनाअन्तर्गत बालमैत्री पार्क तथा अत्याधुनिक शौचालय निर्माण थालेको हो।

शौचालय महिला, पुरुष, अपांगमैत्री र बाथरुम सहितको रहनेछ । पार्क र शौचालय करिव ३२ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको हुनेछ ।
संघीय सरकारको विशेष अनुदान र काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रममार्फत् एक करोड रूपैयाँ सहयोग गरेको छ । पार्क तथा शौचालय निर्माणका लागि नगरपालिकाले दुई करोड ११ लाख वजेट विनियोजन गरेको छ ।
टोखा नगरपालिकाका सूचना प्रविधि अधिकृत वसन्त पाठकले चालू आर्थिक वर्षमा पार्क र शौचालयको निर्माण सक्ने गरी काम थालिसकेको बताए 

‘चालू आर्थिक वर्षमा नै सक्ने गरी पार्क र शौचालय निर्माण अघि बढेको छ,’ उनले भने, ‘योजनाको ठेक्का प्रक्रिया पूरा भइसकेकाले काम तोकिएकै अवधिभित्र सम्पन्न हुनेमा हामी ढुक्क छौ ।’ उनका अनुसार शृंखला निर्माण सेवा प्रालिले पार्क र शौचालय निर्माणको लागि ठेक्का पाएको छ । प्रालिले एक वर्षभित्रमा काम सक्काउने गरी ३ करोड ११ लाखमा ठेक्का पाएको छ ।

पार्क तथा शौचालय निर्माण ‘ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर’को सुरुवात रहेको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।

के हो वौडेश्वर परियोजना ?
टोखा नगरपालिका १ झोरमा रहेको वौडेश्वर महादेव मन्दिर परिसरलाई समेटेर तयार पारिएको विस्तृत परियोजना नै वौडेश्वर परियोजना हो । करिव ६० रोपनी क्षेत्र फैलिएको यसले उक्त मन्दिर परिसरमा रहेको मन्दिर सहित झरना क्षेत्र र अब बन्ने बालमैत्री पार्कलाई समेट्ने छ । यस परियोजनाको कुल अनुमानित लागत रकम २६ करोड रहेको छ भने समयावधि करिव ५ देखि ६ वर्ष रहनेछ ।
संघीय सरकारको विशेष अनुदान रहने यस परियोजनाले   आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास नगरपालिकाले लिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ¬(डिपिआर०लाई नगरपालिकाको पाँचौ नगरसभाले पारित गरेसँगै परियोजना अन्तर्गतको बालमैत्री पार्क र सार्वजनिक शौचालय निर्माणले गति लिएको हो ।                  
–प्रशिक्षार्थी
 

प्रकाशित: २५ श्रावण २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App