१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अध्यादेशको सत्ता पक्षकै सांसदबाट विरोध

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा सत्तापक्षका सांसदले पनि सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गर्न लागेको विषयमा आपत्ति जनाएका छन्। समिति सदस्य नेकपाका सांसद पम्फा भुषालले कर्मचारीको केन्द्रीकृत मानसिकताले समायोजनमा समस्या भएको बताइन्। उनले अध्यादेशमार्फत कर्मचारलिे आफ्नो इच्छा पूरा गर्न लागेको बताइन्।

लेखा समितिका निर्देशन अलपत्र

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई दिएका निर्देशनहरू पालना भए नभएको अध्ययन गर्ने भएको छ। समितिको गत मंगलबार बसेको बैठकमा समितिका सदस्यले विगतमा दिएका निर्देशनबारे के भइरहेको छ, सरकारबाट त्यसबारे कुनै जानकारी नभएपछि यसबारे अध्ययन गर्नुपर्ने बताएका थिए।

नागरिकता विधेयकमा सहभागिता न्यून

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि लामो समयपछि आइतबारबाट संशोधनकर्तासँग छलफल सुरु भएको छ। महिनादिनदेखि समितिमा अलपत्र रहेको यस विधेयकमाथिको छलफलमा १५ जना संशोधनकर्तालाई छलफलमा बोलाएको थियो।

पुरुष भएकामा हिनताबोध हुन थाल्यो : सांसद भट्टराई

‘सत्तरी वर्षकी वृद्धामाथि पनि जाइलागेको छ । बालिकालाई पनि छाडेको छैन । कहिलेकाहीं त पुरुष भएकामा हिनताबोध पनि हुन्छ।’

संसद्को पहिलो बैठकमा पेस गर्ने तयारी

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन गरी प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्ने तयारी गरिएको छ।

राज्य व्यवस्था समितिका निर्देशन अलपत्र

प्रतिनिधिसभाको महत्वपूर्ण समिति ‘राज्य व्यवस्था समिति’ले सरकारलाई विभिन्न समयमा दिएका निर्देशन अलपत्र पर्ने अवस्था देखिएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिबीच समन्वय गरिने

राष्ट्रियसभाले प्रतिनिधिसभाका समितिले गरेका कामकारबाहीमा सम्भव भएसम्म समन्वय गरेर अघि जाने रणनीति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिका कतिपय क्षेत्राधिकार एउटै भएका कारण सकेसम्म समन्वय गर्ने नभए आआफ्नो तरिकाले अघि बढ्ने निष्कर्ष निकालेको हो।

संबिधान संशोधन गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेले संविधान संशोधन गरेर भए पनि नेपाली जनताको आवश्यकता अनुसार कानून बनाउन सरकार लागि परेको बताएकी छिन्।

नागरिकता विधेयक समितिमा अलपत्र

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक महिनादिनदेखि अलपत्र छ।

संसदीय समितिबीच विषय खाेसाखाेस

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरुमा छलफल गर्ने अजेन्डा छनोटको विषयमा होडबाजी चलेको छ ।

संघीय संसदको दोस्रो अधिवेशन अन्त्य

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य भएको छ। दिउँसो एक बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र दुई बजे बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशराज तिमिल्सिनाले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

गृहमन्त्री थापा लाचार : गच्छदार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद गच्छदारले महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताए।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

संघिय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे  र राष्ट्रियसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

बुढीगण्डकी आयोजना चिनिया कम्पनीलाई दिइनु संसद्को अवज्ञा : थापा

प्रतिनिधिसभाको बुधबारको बैठकमा बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम चिनियाँ कम्पनी गेजुवा ग्रुप कर्पोरेसन (सिजिजिसी)लाई दिने निर्णयको विरोध भएको छ।

राहदानी विधेयक पारित

प्रतिनिधिसभाको बुधबारको बैठकले नेपाल राहदानी विधेयक पारित गरेको छ । राहदानी विधेयकले सरकारी काममा बाहेक पनि रातो पासपोर्ट प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्