तेह्रथुम– प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेले संविधान संशोधन गरेर भए पनि नेपाली जनताको आवश्यकता अनुसार कानून बनाउन सरकार लागि परेको बताएकी छिन्।
म्याङलुङ नगरपालिकाले दशैं तिहार, चासोक तङनाम र न्युदया भिन्तुनाको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपसभामुख तुम्बाहाङफले अझै पनि ऐन कानुनलाई संशोधन गरेर भए पनि संविधान कार्यान्वयन गराउनका लागि सरकार लागिपर्ने विश्वास गरिन।
नेपाली जनताको हक, अधिकारलाई सुनिश्चित गर्नका लागि जनताले जनप्रतिनिधिलाई सधै घचघच्याउनु पर्ने उनको भनाई छ। उनले ‘मौलिक हकसँग जोडिएका १६ वटा ऐन कानुन पारित भैसकेका छन् र अरु पनि कानुन निर्माणको चरणमा रहेका छन्’, उपसभामुख तुम्वाहाम्फेले भनिन्। अरु पनि जनताको हक अधिकारको लागि संघ, प्रदेश र स्थानीय तहले कानुन बनाइरहेको र कानुन संविधासँग बाझियो भने अमान्य हुने उपसभामुख तुम्वाहाम्फेको भनाई छ।
देशको नयाँ संरचना सिकाईको रुपमा अगाडि बढी रहेकोले अहिले तीन तह बीच बिभिन्न समस्या देखिएको बताइन। स्थानीय तह र संघबीच मात्र हैन प्रदेश र संघबीच समेत कार्यसम्पादन र जिम्मेवारीमा प्रष्ट नभएकोले अहिले समस्या भएको उनको भनाई छ।
प्रकाशित: २७ आश्विन २०७५ १२:३७ शनिबार