अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा
गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ। नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो।
लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ।
कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ।
गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामै महाकाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छिन्।
महाकाली करिडोर अन्र्तगत दार्चुला तिंकर सडक खण्डमा यस वर्ष पनि विनियोजित रकम फिर्ता भएको छ । चालु आवमा विनियोजित रकम खर्च नभएपछि १० करोड विभागले फिर्ता तानेको छ।
भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।
नेपाल र भारतबीच एकीकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन। भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ।
भारतले महाकाली नदीमा निर्माण गरेका अस्थायी काठेपुल राप्लाका स्थानीयले हटाएका छन्। जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ३ ठाउँमा नेपाल भारत जोड्ने सीमानदी महाकालीमा लगाएका पुल हटाएको प्रहरीले जनाएको छ। राप्लाको दोपाखे ताम्पाकु र नमजंग मा रहेको पुलहरु स्थानीयले हटाएका हुन्।
कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोडने महाकाली करिडोरको काम रोकिएको छ। विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) नहुँदा सडक निर्माण रोकिएको छ। चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइए पनि ईआइए नबन्दा सडक निर्माण कार्य रोकिएका हो।
विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्।
कञ्चनपुरको महाकाली नदीको किनारमा अन्दाजी १६ वर्षका हेमराज पन्त मृत अवस्थामा फेला परेका छन् । बुधबार सुरक्षाको लागि खटिएका नेपाल प्रहरीको टोलीले उनको शव महाकाली नगरपालिका ८ स्थित महाकाली नदी किनारमा फेला पारेको थियो। उनी चार दिनअघि घरबाट कैलालीको अत्तरियातर्फ जान हिडेका थिए । ‘महाकाली नदीमाथिको झोलुङ्गे पुलभन्दा झण्डै ५ सय मिटर तल शव फेला परेको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने ।
२५ वर्षसम्म रोकिएको महाकाली नाच मध्यपुर थिमिमा पुनः सुरु भएको छ । अर्थ अभावका कारण बन्द भएको नाच गत बुधबार रातिदेखि प्रदर्शन थालिएको हो ।