७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्यौल

गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिएको छ।

उखुको अभावमा गरुडास्थित चिनी उद्योग बन्द

उखुको अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । गत माघ २७ देखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो । करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले नपत्याएपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।

कागजमा ‘सम्पन्न’ पुलको छानबिन गर्दैै अख्तियार

गरुडा नगरपालिकाकोले गत वर्ष कामै नभई तीनवटा पुलको रकम निकासा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। गत वर्ष संघीय सरकारले उक्त नगरपालिकाको वडा नम्बर १ र ६ मा तीनवटा पुल बनाउन ९० लाख रुपैयाँ बजेट पठाएको थियो। नगरपालिकाका मेयर इन्दुप्रसाद यादवको निर्देशनमा पुलको कामै नभई रकम निकासा भएको तथ्य उपमेयर रंगिलादेवी जयसवालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन्।

पुलको विषयमा छानबिन गर्न गरुडा नगरपालिका पुग्याे अख्तियार

गरुडा नगरपालिकाकोले गत वर्षको बजेट व्यापक रुपमा दुरुपयोग गरी कागज मै तीन वटा पुलको रकम निकासा गरेको विषयमा छानबिन गर्न अख्तियार टाेली राैतहटकाे गरुडा नगरपालिका पुगेकाे छ।

गरुडा नगरपालिकामा करोडौं अनियमितता

रौतहटको गरुडा नगरपलिकाकी उपमेयर उपमेयर रंगिला देवी जयसवालले मेयर इन्दु राय यादवले कामै नगरी करोडौं रकम अनियमितता गरेको आरोप लगाएकी छन्। उपमेयर जयसवालले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाको १ र ६ वडाक तीनवटा पुल निर्माणै नगरी ९० लाख रुपैयाँ निकासा दिएको आरोप लगाएकी हुन्।

गरुडामा दोहोरो झडप, प्रहरीसमेत दर्जनौं घाइते

रौतहटको गरुडा नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फ गरी दर्जनौं घाइते भएका छन्। गरुडा नगरपालिकाका ६ महम्मदपुरका चन्द्रदेव साह कलबारको घरअगाडि प्रोजेक्टरमा मधेस आन्दोलनका घटनालाई लिएर बनाइएको भिडियो प्रदर्शन भइरहेको समयमा सशस्त्र र नेपाल प्रहरी गएर रोक्न खोज्दा स्थानीयले आक्रमण गरेपछि भिडन्त भएको थियो ।

गौर र गरुडामा एमाले, चन्द्रपुरमा माओवादीको अग्रता

स्थानीय तहको तेस्रो चरणको दुई नम्बर प्रदेशमा सम्पन्न भएको निर्वाचनको मतगणनाअनुसार रौतहट जिल्लाको पुराना तीन नगरपालिकामा मध्ये २ स्थानमा नेकपा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छन्।

गरुडामा मोर्चा र एमाले कार्यक्रम एकै दिन

एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहटको गरुडामा एकै दिन कार्यक्रम राखेपछि दुई पक्षबीच भिडन्त हुने डरले स्थानीय बासिन्दा त्रासमा परेका छन्। एमालेले मेची–महाकाली अभियानअन्तर्गत फागुन २६ गते रौतहटमा कार्यक्रम राखेकै दिन मोर्चाले पनि रौतहट बन्द घोषणा गरेको छ।

गरुडाका सरकारी कार्यालय दोस्रो–तेस्रो दर्जाका कर्मचारीको भरमा

रौतहट– रौतहटको गरुडा नगरपालिकाभित्रका अधिकांश सरकारी कार्यालयहरु दोस्रो र तेस्रो दर्जाका कर्मचारीको मातहतमा सञ्चालन भएको पाइएको छ। गृह, स्थानीय विकास, शिक्षा तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुमा दोस्रो र तेस्रो दर्जाका कर्मचराीलाई प्रमुखका रुपमा खटाइएको पाइएको हो।

रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार

रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्