८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ।

बेमौसमी बर्षाले ८६ करोड बढीको ईटा नष्ट (फोटो फिचर)

शुक्रबार परेको बेमौसमी पानीका कारण प्रदेश ५मा करोडौैं काचो ईटा नष्ट भएका छन्। प्रदेश नम्बर ५ ईटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ वटा ईटा उद्योगका अधिकांश काँचो ईटा नष्ट भएको जानकारी दिएको छ।

पिपिएलको मिति एक दिनपछि स-यो

प्रतिकुल मौसमका कारण तयारी पूरा भए पनि लिग एकदिन पछि सारेर आइतबारदेखि सुरु गर्न लागिएको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन्।

खराब मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो

प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ। बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको हो।

पश्चिमी वायुका कारण चिसो हवात्तै बढ्न सम्भावना

आइतबारदेखि मधुरो घाम लागेर चिसोको महसुस भइरहेको बेला चिसो अझै बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनयता उपत्यकालगायत देशभर चिसो बढेको छ।

दमरोगीका लागि जाडो डरलाग्दो मौसम

तपाइँसित क्रोनिक पुरानो दम छ भने यसलाई थप नराम्रो हुनबाट बच्न सकिन्छ। अनुसन्धानकर्ताहरुले प्रति वर्ष ७ हजार दम रोगीमा गरेको अध्ययन अनुसार दम रोग गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ। र यही मौसममा दमरोगीको अस्पताल भर्ना हुने दर पनि उत्तिकै बढ्ने भएकोले दमरोगीको लागि जाडो मौसम डरलाग्दो मौसम पनि मानिन्छ।

आज र भोलि सामान्य बदली हुने

मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। अन्य भूभागमा मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ।

देशभर चिसो बढ्यो

कात्तिकको सुरुवातसँगै चिसो बढ्न सुरु भएको छ। अरब सागरको पूर्वीमध्य भागमा विकसित भएको न्यून चापीय प्रणाली र बंगालको खाडीमा उत्पत्ति भएको न्यूनचापीय प्रणालीको कारण मध्य, पूर्व पहाडी तथा पश्चिमको आधा भागमा बदली भएको मौसमविद्ले जनाएका छन्।

पश्चिमी वायुको प्रभावले मौसममा बदली, वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण पूर्वाञ्चल गोल्डकप स्थगित

खराब मौसमका कारण झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ। यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो।

सोमबारदेखि मनसुन सकिने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि यो वर्षको मनसुन सकिने जनाएको छ । गत मंगलबारदेखि देशका धेरैजसो भूभागमा नियमित वर्षा भएसँगै यो वर्षको मनसुन यही वर्षासँगै सकिने महाखाशाले जनाएको हो । मौसमविद् समीर श्रेष्ठले यो वर्ष मनसुन सकिए पनि केही दिन सामान्य पानी पर्न सक्ने सम्भावना बताए ।

लुक्लामा रोकिएका पर्यटक उडे

मौसम प्रतिकूल भएपछि खुम्बुमा पाँच दिनदेखि रोकिएका करिब तीन सय पर्यटक मौसम खुलेसँगै बिहीबार हवाईजहाज र हेलिकोप्टरबाट काठमाडौंका गएका छन्।

मौसम देखाएर तरकारीको मूल्यवृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ। अधिकांशको मूल्य ५० प्रतिशतभन्दा माथि छ। गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ। त्यस्तै, सिमी ७५ बाट एक सय २५, करेला ५५ बाट ९५, खुसार्नी ७५ बाट एक सय ५५ पुगेको छ।

मौसममा सुधार आउन अझै दुई दिन लाग्ने

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खुम्बुमा सयौं पर्यटक अलपत्र

मौसम प्रतिकूलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका–२, लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटक अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्