८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पश्चिमी वायुको प्रभावले मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौं– पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आइतबार देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। घाम नलाग्दा अधिकतम् तापक्रममा गिरावट आई चिसो बढ्नेछ। 

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी गराए। अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App