८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आज र भोलि सामान्य बदली हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। अन्य भूभागमा मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको साथै महानामको चक्रवातको आंशिक प्रभाव रहेकाले धेरैजसो क्षेत्रमा बिहीबार र शुक्रबार आंशिक बदली हुने छ।

महाशाखाले बिहीबार देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडीका भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तराईका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ। शुक्रबार देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्को भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App