८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताए। यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

डढेलोको धुवाँले बिग्रियो काठमाडौंको मौसम

केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलो र आगलागीको धुवाँले मौसम बिग्रिएको विभागले जानकारी दिएकाे छ।

पश्चिमी वायुको प्रभावले केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए। उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन।

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिए। उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ। हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ।

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

बुधबारदेखि पुन:वर्षा र हिमपातको सम्भावना

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए।

मौसम सफा भएसँगै गर्मी महसुस

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ। मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो ।

आज यी स्थानमा वर्षाको सम्भावना

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

चिसोमा च्यवनप्राश उपयोगी

डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ ।

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ। बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो।

सुरु भयो पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्