७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुरु भयो पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर

नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यसको प्रभावले गण्डकीदेखि पश्चिम विभिन्न ठाउँमा मेघगर्जन/चट्याङसहित वर्षा साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना छ।

महाशाखाले सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ :

आइतबार

दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

 सोमबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: ३० कार्तिक २०७७ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App