२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचनबाट नभाग

अन्ततः सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेर आशा सञ्चारित गरेको छ। निर्वाचनले ३४ हजारभन्दा बढी जनप्रतिनिधि चुन्नेछ भने एक करोड ४० लाखजति मतदाताले आफ्नो हकको सदुपयोग गर्नेछन्।

मोर्चाको आन्दोलन निर्वाचन सुरक्षा चुनौती

सरकारले स्थानीय तहको निर्वाचनको विरोधमा रहेका शक्तिको आन्दोलनको स्वरूप प्रमुख निर्वाचन सुरक्षा चुनौती मान्दै सोहीअनुसार योजनाको तयारी थालेको छ।

स्थानीय निकायको निर्वाचन मिति घोषणा हुनु सकारात्मक: एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ।

निर्वाचन घोषणाको स्वागत, संविधान संशोधनमा जुटेन सहमति

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयास गरेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले तीन विषयमाथि पार्टीहरुको धारणा माग गरेका थिए।

देउवालार्इ भेटिन् चिनियाँ राजदूत युले, निर्वाचन घाेषणा गरेकाे बधार्इ

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनिया राजदूत यू होङले शिष्टाचार भेट गरेकी छन्।

सद्भावनाका कार्यकर्ताद्वारा निर्वाचनको विरोधमा प्रदर्शन

संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भन्दै वीरगन्जमा विरोध भएको छ। मधेसी मोर्चाले अह्वान गरेको आन्दोलनलाई सफल बनाउन अह्वान गर्दै मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताले वीरगन्जमा प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

स्थानीय निर्वाचनमा भोटिङ मेशिन हैन मतपत्र नै

प्रमुख निर्वाचन आयुक्त डा. अयोदी प्रसाद यादवले विद्युतीय भोटिङ् मेशिनको सम्भावना नभएको बताएका छन्। रिपोटर्स क्बलमा बोल्दै यादवले भने,‘अब मतपत्रमै निर्वाचन हुन्छ।’ यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा राखे।

फोरम लोकतान्त्रिक निर्वाचनमा जान सकारात्मक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ।

हप्ता दिन भित्रै निर्वाचन आचारसंहिता

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने बताएका छन्।

निर्वाचनबाट आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन्।  'स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ', उनले भने।

निर्वाचन घोषणा ऐतिहासिक निर्णय : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। उनले भने, 'सरकारले ऐतिहासिक निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ। एकै चरणमा मुलुकभर स्थानीय तहको निर्वाचन हुन्छ।'

१९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, मिति वैशाख ३१

सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो।

वैशाख ३१ निर्वाचन मिति प्रस्ताव , क्याबिनेट बैठक जारी

निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार भेट गरेर सो मिति सिफारिश गरेका हुन्।

निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रीत भएको बताइएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ।

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

देशमा स्थानीय निर्वाचन नभएको दुई दशक वित्न आँट्यो। स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सबै पक्षबाट दवाब पनि परिरहेको छ। २०७४ माघ ७ भित्र निर्वाचन गरिसक्नु पर्ने संविधानमै किटान समेत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्