२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरम लोकतान्त्रिक निर्वाचनमा जान सकारात्मक

संसद भवनमा जारी सर्वदलीय बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ।

'निर्वाचनमा जान हामी सहमत छौं। संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरेर जानुपर्छ', उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वानेश्वरस्थित संसद भवनमा आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिएर सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी निर्वाचनमा जान सहमत रहेको बताए।

'निर्वाचनमा जान हामी सहमत छौं। संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरेर जानुपर्छ', उनले भने।

चुनाब घोषणाप्रति विरोध जनाउँदै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ। सरकारको समर्थक रहेको मोर्चाको भनाइ संशोधन नगरी चुनाबमा जान नहुने रहँदै अाएको छ।

संसद भवनमा सर्वदलीय बैठक जारी छ। 

प्रकाशित: १० फाल्गुन २०७३ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App