२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जंगीअड्डामा निर्वाचन-सुरक्षा बैठक

सैनिक मुख्यालय जंगीअड्डामा रक्षा र गृहसचिवसहित तीनै सुरक्षा प्रमुखसँग प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन केन्द्रित सुरक्षाका विषयमा छलफल गरेका छन्।

फागुन १८ देखि निर्वाचन आचारसंहिता लगाउने तयारी

निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन अाचारसंहिता लागू गर्ने तयारी गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

अवरोध भए निर्वाचनमा सेना परिचालन गर्नुपर्छः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्।

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

चुनाव जित्नकै लागि एकमुष्ट भर्ना गरिएको विषयलाई लिएर विद्यार्थीबीच विवाद भएपछि जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु चुनाव अन्यौलमा परेको छ। विद्यार्थी विवादका कारण १८ गते स्ववियु चुनाव नहुने निश्चित भएको हो।

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव: डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन्।

निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त: मन्त्री थापा

स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ। फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो : डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तह चुनाव घोषणा गरेर सरकारले आफ्नो आयु मात्र लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

निर्वाचनमा एमालेले जित्छ अरुले सिक्छन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले जित्ने र अरुले सिक्ने बताएका छन्। पार्टी मुख्यालय धुमबाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, 'निर्वाचनमा एमालेले जित्छ, अरुले सिक्छन्' हार्ने कोही पनि हुँदैन।'

तीनवटै निर्वाचन एकै दिन

सबैभन्दा राम्रो अहिलेको ५ विकास क्षेत्रलाई ५ वटा प्रदेश बनाऔँ। प्रदेश भागबन्डाको राजनीति गर्न होइन, समानुपातिक विकास र हक अधिकारका लागि हो। यो भएमा कसैको जित वा हारको कुरा आउँदैन।

स्थानीय निर्वाचन कुनै कारण रोकिन्न: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ का लागि तोकीएको स्थानीय निकायको निर्वाचन सम्पन्न गराएरै छाडने बताएका छन्। कुनै पनि कारणले चुनाव नरोकिने भन्दै देउवाले डर त्रास र भय रहित वातावरणमा चुनाव सम्पन्न हुनु पर्ने बताए।

निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री गुरुङ

श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताए।

‘लोकतन्त्र नचाहने समूह निर्वाचनमा आउँदैन’

अहिलेको चुनाबका लागि राजनीति सहमति अत्यन्तै पेचिलो विषयको रुपमा देखिएको छ। निर्वाचनका लागि पहिलो सकारात्मक अवस्था भनेकै राजनीतिक पार्टीहरुबीचको सहमति हो।

निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले स्थानीय निर्वाचनको कार्यतालिका बुधबार साँझ सार्वजनिक गरेको छ। आयोगद्वारा सार्वजिनक कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताका लागि वैशाख १६ को मिति तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्