५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पोखरामा बम विस्फोट भएको छ ।प्रहरीका अनुसार नयाँ बजारमा बम विस्फोट भएको हो । कास्की–२ को उप–निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

वडाध्यक्षको गाडीमा बम विष्फोट

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ।

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

सिन्धुलीको दुधौली नगरपालिका—१४ झाँक्रीटारमा अज्ञात समुहले बुधबार राती प्रेसर कुकर बम विष्फोट गराउदा तीन वटा सवारीमा क्षति पुगेको छ।

बम आक्रमणमा परी छ को मृत्यु, तीस घाइते

इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ।

आलमलाई रातारात नख्खु कारागार पुर्‍याइयो

अदालतले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त महम्मद अफताव आलमलाई गौरबाट नख्खु कारागार सारिएको छ। आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रातारात रौतहटको गौरबाट नख्खु कारागार पुर्‍याइयोको हो।

'अब छोराको किरिया गर्छु'

'पुलिस प्रशासनको सात महिनाको अथक प्रयासबाट कानूनको आशा पलाएको छ। त्यो प्रयासले कानुनको आशा पलाएको थियो। अहिले न्यायाधीशको आँखामा न्याय अन्यायको तुला छ, उहाँले के गर्नुहुन्छ। अलामलाई थुनामा लगेपछि अल्ली सान्त्वना मिलेको छ। यो मेरो खुशिको आँशु हो, अब छोरोको किरिया गर्छु। मेरो छोराको मृत्यु भएको छैन भनेर भनिएको छ। हाम्रो समाजले पनि १२ वर्षसम्म नफर्किएपछि किरिया गर्नुपर्छ भन्छन्। अब अदालतले दिने आदेश आएपछि किरिया गर्छु,' आलमलाई पुर्पक्षका लागि थुनामा पठाएपछि बम विस्फोटमा ज्यान गुमाएका त्रिलोक प्रताप सिंह 'पिन्टु'का पिता श्री नारायण सिंहको भनाई हो यो।

आलम पूर्पक्षका लागि थुनामा

राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा राख्न आदेश दिएका हुन्।

राजपुर बमकाण्डका पीडित सुरक्षाको माग गर्दै अदालतमा

रौतहटको राजपुर फरहदवामा करिब १२ बर्ष अघि भएको बम विस्फोट सम्बन्धी मुद्दाको थुनछेक बहस चलिरहे कै बेला बम विस्फोट घटनामा परी घाइते भएका एक जना पीडितले आफु असुरक्षित भएको भन्दै अदालतको शरणमा पुगेका छन्।

राजनीतिक प्रतिशोधले आलमलाई फसाउन खोजेको वकिलको जिकिर

काठकाडौं र रौतहटका करिब ३५ जना कानुन व्यवसायीले उनको बचाउका लागि बहस गर्ने भएकाले अहिलेसम्म उनको पक्षमा १२ जना कानुन व्यवसायीले बहस सम्पन्न गरेका छन्। उनको तर्फबाट २३ जनाले बहस गर्न बाँकी रहेकाले बहस अझ लम्बिने देखिएको छ।

आलमको थुनछेक बहस सकिएन

पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपि पूर्व सासंद मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारसम्म पनि सकिएको छैन्।

वकिल धेरै, थुनछेक बहस अझ लम्बिने

रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलमको थुनछेक बहस मंगलबार पनि जारी नै रह्यो।

'अपहरण गरी बयान फेर्ने कागजमा सही गराए'

विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्।

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते

रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथी बम प्रहार भएकाे छ। स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन्।

ज्यान मार्ने धम्की दिँदै बयान फेर्ने कागजमा सही गर्न लगाए

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम पक्षले बम विष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।

नक्कली साक्षी खडा गरिएको जिकिर

बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अआलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्