५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरा महानगरपालिका वडा नंं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित घरमा पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले सोमबार बिहान २ बजे गरिएको विष्फोटनबाट क्षतिग्रस्त भएको गाडी। तस्बिरः रासस

पाेखरा – अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए।

विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ। सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताए। घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताए।रासस

प्रकाशित: ९ मंसिर २०७६ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App