५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजपुर बमकाण्ड : आलमको पक्षमा बहस सुरु, गौरमा प्रदर्शन

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमको पक्षमा जिल्ला अदालत रौतहटमा बहस सुरु भएको छ।मंगलबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस गरिरहेका छन्।

आलमको थुनछेक बहस,थुनामा राख्न माग

जिल्ला अदालत रौतहटले गत मंगलबारदेखि नै आलमको बयान लिने कार्य सुरु गरेको थियो। अदालतमा दायर ज्यानसम्बन्धी, ज्यान मार्ने उद्योग र बम विष्फोट मुद्दामा तीन दिनसम्म आलमको बयान लिएको थियो।

यस्ता छन् आलमलाई न्यायाधीशले सोधेका ५२ प्रश्नकाे सवालजवाफ

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमले बयानमा आफुलाई अप्ठ्यारो हुने प्रश्नको जवाफ अस्वीकार गरेका छन्।

आलमको बयान सकियो, थुनछेकको बहस आजै

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बयान सकिएको छ।

आलमको बयान जारी

राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। बयान नसकिएकाले बिहीबार पनि यो जारी रहने छ।

दोस्रो दिन पनि सकिएन आलमको बयान

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि पुरा हुन सकेन। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दिपक ढकालको इजलाशमा ९ प्रश्न सोधिएको थियो भने दोस्रो दिन २५ प्रश्न सोधिएको छ। उनको बयान भोली पुन हुने छ।

अदालतमा आलमकाे बयान सुरू

प्रहरीले आलमलाई बिहान १० बजे जिल्ला अदालत राैतहटमा उपस्थित गराए पनि बयान ११ बजेदेखि सुरु भएको हो। आलम पक्षका कानून व्यवसायीहरुले काउन्सलिङ्ग पश्चात मात्र बयान सुरु गर्न आग्रह गरेपछि बयान ढिलो गरी सुरु भएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सुरू भएकोअदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताए।

अदालतमा आलमकाे बयान सुरू

राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ। प्रहरीले आलमलाई बिहान सबा १० बजे जिल्ला अदालतमा उपस्थित गराए पनि बयान ३ बजेदेखि सुरु भएको थियो।

आलमको बयान परिचयमै सकियो, भोलि पनि जारी रहने

रौतहटको राजपुर फरहदवा बम कान्डका मुख्य आरोपी पुर्वसांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग मुद्दा दायर

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअनुसार अदालतमा मुदा दायर गरेको हो।

आलमविरुद्ध जन्मकैद सजाय दाबी

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

आठ दिन म्याद थपिएपछि आलमले के भने? (भिडियाेसहित)

इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमले आफ्नो गिरफ्तारी असान्दर्भिक भएको बताएका छन्।

साँघुरिँदै अनुसन्धान, थपिँदै साबिती बयान

बम विस्फोटका कारण क्षति पुगेको घरलाई रातारात जस्ताको तस्तै बनाउने काममा प्रयोग भएका मजदुरले प्रहरीसमक्ष साबिती बयान दिएका छन्। बम बिस्फोटपछि घटनाका मृतकलाई जलाउन लगिएको इँटा उद्योगका मजदुरले पनि लास देखेको बयान दिएका छन्।

तत्कालीन अनुसन्धान अधिकृत पनि छानबिनमा

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्।

सुरुमा घटनास्थल पुग्ने प्रहरी निरीक्षकको बयान लिइँदैं

घटनाको प्रमाणहरू फेला पर्न थालेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाउन थालेको छ। १२ वर्षसम्म न्यायका लागि संघर्ष गरिरहेका मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरको घर–परिवारमा न्याय पाउने आशा पलाउन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्