१ मंसिर २०८१ शनिबार
image/svg+xml

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।

भारतमा आमनिर्वाचन: के फरक पर्छ जनतालाई ?

आजदेखि छिमेकी मुलुक भारतमा आमनिर्वाचन हुँदै छ। यो चुनाव ६ हप्तामा सम्पन्न हुनेछ। आज ११ अप्रिलमा सुरु भएर २३ मेमा मतगणना सुरु हुन्छ र लगभग २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिन्छ। १ अर्ब ३० करोड जनतासंख्या रहेको भारतमा ९० करोड नागरिकको नाम मतदाता सूचीमा छ। यो आमनिर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूबीच पहिलो हुनेले जित्ने प्रणाली (फस्र्ट पोस्ट दि पास्ट सिस्टम)अर्न्तगत संघयी संसद लोकसभाका लागि ५ सय ४३ सांसद चुन्न मतदाताले आआफ्ना जिल्लामा मतदान गर्नेछन्।

पाँचौ कार्यकालका लागि नेतान्याहू विजयी

इजरायलमा सम्पन्न आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पाँचौं कार्यकालका लागि विजयी भएका छन्। पाँचौं पटक पनि जित हासिल गर्दै रकेर्ड कायम गरेका नेतान्याहू दक्षिपन्थी गठबन्धनबाट विजयी भएको बिबिसीले जनाएको छ।

भारतमा आज पहिलो चरणको मतदान

भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

बिहीबार छ सयभन्दा बढी कलाकारले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन भनेको विषयले यतिबेला भारत मात्रै नभई विश्वको ध्यान खिचेको छ।

उन्मक्त भाजपा

भारतमा चैत २८ देखि ०७६ जेठ ५ गतेसम्म सत्रौं लोकसभाको निर्वाचन सात चरणमा हु“दैछ। सात चरणमध्ये सबैभन्दा बढी ११५ स्थानका लागि वैशाख १० गते चुनाव हुनेछ भने सबैभन्दा कम ५१ स्थानका लागि वैशाख २३ गते। चुनावले भारतीय लोकसभाका लागि ५४३ स्थानका सांसद निर्वाचित गर्नेछ।

थाइल्यान्डको छ स्थानमा पुनः निर्वाचन हुने

मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्यान्डको निर्वाचन आयोगले जानकारी गराएको छ।

‘सत्तारुढ पार्टीका शासक खराब हरुवा’

दैनिक पत्रकार सम्मेलन र आफ्नो ट्विटर बायोग्राफीमा इस्तानबुलका लागि विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)का तर्फबाट उम्मेदवार रहेका इक्रेम इमामोग्लुले बताएका छन्।

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्।

किन कमजोर हुँदै छन् मोदी ?

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ।

जित घोषणा गर्न विपक्षीको माग

इस्तानबुलका लागि टर्कीका प्रमुख विपक्षी उम्मेदवारले देशको उच्च निर्वाचन बोर्डसमक्ष बुधबार आफ्नो जितको घोषणा गर्न माग गरेका छन्।

प्रदर्शन नगर्न थाई सेना प्रमुखको चेतावनी

देशमा भर्खरै सम्पन्न भएको निर्वाचन धाँधलीयुक्त भएको भन्दै देशमा प्रदर्शन हुने संकेतपछि थाइल्यान्डको सेनाले त्यसो नगर्न मंगलबार चेतावनी दिएको छ। देशको राजसंस्थालाई सम्मान गर्न अपिल गर्दै थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङले यदि प्रदर्शन जारी रहे त्यसले देशको लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेतर्फ पनि संकेत गरेका छन्।

निर्वाचनको नतिजालाई चुनौती

केही दिनअघि सम्पन्न स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको दल एके पार्टीले विरोधपत्र बुझाएको छ। इस्तानबुलका सबै ३९ वटै जिल्लामा भएको स्थानीय निर्वाचनको नतिजामाथि असहमति प्रकट गर्दै राष्ट्रपति एर्दोगानको दलले विरोधपत्र बुझाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

थपलिया र ओझाविरुद्ध उजुरी आह्वान

संवैधानिक परिषद्द्वारा निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्ताव गरिएका दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य पदमा प्रस्ताव गरेका विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्