६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन बिक्री ७५ प्रतिशत घट्यो

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ।

सुनको भाउ घट्यो

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

सुनको मुल्य अहिलेसम्मकै उच्च, कति छ बजार भाउ ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

बैंकमा सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई मौद्रिक नीतिमा समेटिएको छ। नेपाल राष्ट्र बैंकमा गर्भनर चिरञ्जिवी नेपालले आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्थालाई कार्यान्वनमा लैजाने बताए।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य एक दिनमै हजार रुपैयाँ बढेर ६४ हजार पुगेको हो। एक दिनकै अन्तरमा अमेरिकी बजारमा सुनको मूल्य प्रतिऔंस ३६ डलरले बढेको छ।

निक्षेप आकर्षण गर्न सुनचाँदी उपहार दिन नपाइने

बैंक तथा वित्रीय संस्थाले उपहार दिएर निक्षेप आकर्षण गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले लगानीयोग्ग्य पुँजी अभावका कारण ठूला परियोजनामा कर्जा प्रवाह गर्न नसक्दा समस्या आएको छ।

प्लाष्टिकको पेस्तोल देखाएर ६१ तोला सुन चोरी गर्ने पक्राउ

प्लाष्टिकको पेस्तोल देखाएर सुन चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प्रक्राउ गरि सार्वजनिक गरेको छ। गत चैत ६ गते सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो।

सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे

सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।

सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए ।

सुनचाँदी व्यवसायीका सल्लाहकार नेताहरु सम्मानित

नेपाल सुनचाँदी व्यवसायी महासंघले संसदीय निर्वाचनमा विजयी भएका आफ्ना सल्लाहकार नेताहरुलाई शुक्रवार सम्मान गरेको छ ।

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

सर्लाहीमा मंगलबार राती एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । कविलासी नगरपालिका–२ पिपरिया निवासी नागेन्द्र साहका २२ वर्षीय छोरा सुनिल कुमार साहको मंगलबार राती ८ बजे अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघले मनायो चौथो स्थापना दिवस

नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो चौथो स्थापना विभिन्न कार्यक्रम गरी मनाएको छ। महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको स्थापना दिवस समारोहमा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधि बारे जानकारी दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्