१२ आश्विन २०८१ शनिबार
image/svg+xml

६४ उम्मेदवारलाई चुनाव चिन्ह

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा भाग लिने उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।

एनआरएनए विश्व सम्मेलनः जे देखियो त्यहि लेखियो

एक जना साथीले मलाई सोधे के छ एनआरएन? तिमी पनि उपेन्द्र महतो, जिवा लामीछाने, शेष घले जस्तै एनआरएन हो? उसको शब्दले मलाई खिसिच्ट्युरी गरेको जस्तो पनि लाग्यो र एनआरएनमा कस्ता मान्छे हुन्छन् भनेर बुझ्न खोजेको जस्तो पनि लाग्यो। तर उसलाई सहि जवाफ दिन कोसिश गरे तैपनि ठ्याक्कै मलाई उसको जवाफ दिन कठिन भयो। म एनआरएन चाही हो, त्यति मात्रै भने। एनआरएन के हो भन्ने आम सोचाईको प्रतिनिधित्व त्यहि एक प्रश्नबाट हुन्छ।

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ।

अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका छन्। बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्बन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो।

नेकपामा उम्मेदवार चर्चा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छान्न गृहकार्य थालेको छ । मंगलबार सचिवालयको अनौपचारिक बैठकमा उम्मेदवार छनोटबारे छलफल भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

जम्मू कश्मीरमा स्थानीय चुनाव हुँदै

भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा संविधानबाट अनुच्छेद(धारा) ३७० हटाएपछि पहिलोपटक चुनाव गरिने भएको छ जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक स्थानीय चुनाव हुँने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

२१ दललाई चुनाव चिह्न

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो।

उपनिर्वाचनका लागि दलको चुनाव चिह्नः भाले, ट्याक्टर, हवाइजहाजदेखि लाउडस्पिकरसम्म

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगको बिहीबारको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो।

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो।

एनआरएन अमेरिकाको चुनावी अभियान

सदस्यको संख्यात्मक दृष्टिले होस् वा परोपकारी कामका लागि गरिएको योगदानका दृष्टिले अमेरिकाको योगदान अन्य एनसिसिभन्दा अधिक भए पनि आइसिसिमा उपस्थिति जनाउन नसक्नुमा आपसी एकता नभएकाले सबै उम्मेदवारलाई एकै थलोमा आमन्त्रण गरिएको संस्थाका शाहले बताए।

एनआरएन युकेमा १ सय १७ उम्मेदवार, अध्यक्षमा गुरुङ र सुनारबीच प्रतिस्पर्धा

गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि ७४ पदको लागि १ सय १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुन गइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ।

कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ।

चुनाव जित्न आर्थिक चलखेल र पार्टीगत प्यानल

८ हजार ४ सय ६५ साधारण सदस्य सहभागी हुने चुनावले नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ। यसअघि ७ सयको हाराहारीमा साधारण सदस्य थिए। यसपालि थपिएका साधारण सदस्यहरूकै लागि उम्मेदवारहरूले डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ।

‘म कलाकार हो कि होइन ?’

चुनावका लागि मतदातासमक्ष भोट माग्न जानुपर्ने बेलामा उनले आफूलाई आफ्नो पहिचानको विषयमा लिएर ‘ह्यारेसमेन्ट’ गरिएको जनाउँदै सञ्चारकर्मी, पत्रकार र अभिनेत्रीमाझ प्रस्तुत भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्