११ मंसिर २०८१ मंगलबार
image/svg+xml

करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

करेन्ट लागेर खोटाङमा एक  जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको ऐसेलुखर्क बस्दै आएका किरातको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जनाए। घरमा जडान गरिएको विद्युत प्लगमा तार जोड्नेक्रममा उनकोे मृत्यु भएको हो।

दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ।

श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु

घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका  ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ।

धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

धादिङको बेनिघाट रोराङ गाउाँपलिका १० लहिटारमा ढुङ्गाले लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

दुर्घटनामा एकको मृत्यु, सात घाइते

कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ।

दुर्घटनामा एक जनाको मृत्यु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बुमा रहेको क्रसर प्लान्टमा दुर्घटनामा परि बुधबार साँझ एक जनाको ज्यान गएको छ।

जिम्बाब्बेमा भएको प्रदर्शनमा ३ जनाको मृत्यु

जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ ।निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दल एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो।

पाँच वर्षमा १२५ को मृत्यु, ४३२ घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा परेर पाँच वर्षमा १ सय २५ जनाको ज्यान गएको छ।

सर्पले डसेर एक महिलाको मृत्यु

सर्पले डसेर कटारीमा एक महिलाको मृत्यु भएको छ। कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई मंगलबार विहानै गोठ गएका समयमा सर्पले टोकेको थियो।

उपचारमा हेलचक्राइले पत्रकार थपलियाको मृत्यु भएको भन्दै उजुरी

पत्रकार यादव थपलियाको उपचारमा हेलचक्राई भएको भन्दै उनकि श्रीमती गंगा खतिवडाले छानविनका लागि माग गरेकी छिन्। आफ्नो श्रीमान उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको भन्दै उनले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएकी हुन्।

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

सफारी कारले ठक्कर दिँदा महोत्तरीमा एक जना पैदल यात्रुको मृत्यु भएको छ। अर्को एक जना पैदल यात्रु घाईते भएका छन्।

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्