३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

उपचारमा हेलचक्राइले पत्रकार थपलियाको मृत्यु भएको भन्दै उजुरी

काठमाडौं– पत्रकार यादव थपलियाको उपचारमा हेलचक्राई भएको भन्दै उनकि श्रीमती गंगा खतिवडाले छानविनका लागि माग गरेकी छिन्। आफ्नो श्रीमान उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको भन्दै उनले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएकी हुन्।

‘सामान्य अवस्थामा अस्पताल भर्ना गरेको बिरामीको ४८ घन्टा बित्न नपाउँदै निधन हुनुअनि डाक्टरले एकपछि अर्को रोग बताउँदै जाँदा उपचारमा हेलचक्रयाइँ भएको हामीलाई त्यतिबेलै लागेको थियो,’ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजलाई विपक्षी बनाउँदै खतिवडाले दिएको निवेदनमा भनिएको छ, ‘चिकित्सकहरूले विरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएन्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य साबित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ।’

उपचारमा संलग्न चिकित्सकहरूले सुरुमा सामान्य ज्वरो (टाइफाइड) भएको बताएको जनाउँदै असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै ‘हाईकेएर’मा राखिएको उल्लेख छ। ‘त्यसपछि उहाँहरूले ‘टाइफाइड’ र ‘टाइफस’ नभएको र निमोनिया भएको बताउँदै बाहिरिनुभएको थियो,’ निवेदनमा भनिएको छ, ‘चिकित्सकले बोली फेरेर एकपछि अर्को रोग बताएपछि उहाँहरूले रोग पहिचान गर्न नसकेको वा लापरबाही गरेको भन्ने हामीलाई आशंका लागेको थियो।’

बिरामीले कुरा गरी राखेकै अवस्थामा असार १४ गते राती भन्टीलेटरमा राखेको जनाउँदै उनले भनेकीछिन्, ‘७२ घण्टा भेन्टीलेटरमा राखेर उपचार गर्ने भनिएको थियो तर १२ घण्टमा नवित्दै त्यसबाट किन निकाल्नु पर्यो अझसम्म जानकारी गराइएन ।’ असार १५ गते उपचारको क्रममा यादवको निधन भएको थियो।

बिरामीको निधनपछि पटकपटक उपचारका क्रममा भएका परीक्षणका विवरणहरू, प्रयोग गरिएका औषधि साथै ‘नर्सिङ केयर’को रिपोर्ट उपलब्ध गराउन आग्रह गरे पनि सुनवाइ नभएको जनाएकी छिन्। ‘साउन ९ गते भने अस्पताल प्रशासनले रिपोर्ट दिन ठाडै अस्वीकार गरेपछि डाक्टरको हेलचक्रयाइँले मृत्यु भएको हो भन्ने आशंका सत्य ठहरिएको छ,’ निवेदनमा भनिएको छ, ‘तसर्थ, मेरा श्रीमान् (यादव थपलिया)को के कारणले निधन भएको हो ? त्यसको सत्यतथ्य छानविन गरी यथार्थ विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध छ।’

प्रकाशित: १६ श्रावण २०७५ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App