२ माघ २०८१ बुधबार
image/svg+xml

थप कर वृद्धि गर्दै बेइजिङ

संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो।

अमेरिकाले खाडीमा क्षेप्यास्त्र प्रणाली र जहाज पठायो

इरानसँगको तनाव बढिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रवादी क्षेप्यास्त्र प्रणाली मध्यपूर्वमा पठाएको छ। क्षेप्यास्त्र प्रणालीसहित अमेरिकाले अत्यधुनिक सवारी साधन र विमान बोक्न सक्ने युएसए एर्लिङ्टन नामक युद्धक जहाज पनि मध्यपूर्वमा पठाएको बताइएको छ।

व्यापार वार्तामा चीनले सम्झौता तोडेको ट्रम्पको आरोप

व्यापार वार्तामा चीनले ‘सम्झौता तोडेको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्। लामो समयदेखि जारी अमेरिका–चीन व्यापार विवाद सुल्झाउनका लागि दुई पक्षबीच हुन लागेको वार्ताअघि ट्रम्पको यस्तो आरोप बाहिरिएको बिबिसीले जनाएको छ।

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।

आणविक सम्झौताका केही अंश इरानले तोड्यो

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताअन्तर्गत गरिएको प्रतिबद्धतालाई तेहरानले निलम्बन गरेको छ। सम्झौताको एउटा प्रमुख पक्ष संयुक्त राज्य अमेरिकाले एक वर्षअघि नै सो सम्झौताबाट हात झिकिसकेको छ।

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ।

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ।

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा यहाँका अधिकारीहरुको मत विभाजन भएको छ। बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।

अमेरिका–चीन व्यापार वार्ता सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।

भेनेजुएलाका राष्ट्रपति क्युबा निर्वासनमा जान लागेको अमेरिकी दाबी

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन्। तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्।

अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दुइको मृत्यु

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ।

भेनेजुएलाकाे तेलमाथि अमेरिकी प्रतिबन्ध सुरू

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ।

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको भेटवार्तामा उनीहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल भएको बताइएकाे छ।

उपभोक्ताविरोधी अमेरिका

किन अरू कुनै राज्यले गर्न नहुने काम अमेरिकाले गर्छ ? संसारका कुनै कुनामा कसैले गरिरहेको काम किन अमेरिका आफ्नो नियन्त्रणमा राख्न खोज्छ ? यो निकै चकित पार्ने विषय हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्