संयुक्त राज्य अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।
बलिउड फिल्मका लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले पटकथा लेखन सिकाउने भएका छन्। सोमबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले बलिउडका फिल्म लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपालमा पहिलो पटक पटकथा लेखन सिकाउने जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।
अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।
अन्तिम २० मिनेट दश खेलाडीमा सीमित बनेको आयोजक ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै आइतबार कोपा अमेरिकाको उपाधि उचालेको छ।
मारकाना स्टेडियममा आइतबार भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १/१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए।
अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन्।
अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए।
इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइन्छ।