७ वैशाख २०८१ शुक्रबार
खेल

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

भेजेजुएलािवरूद्धकाे खेलमा बल समाउन प्रयास गर्दै अर्जेन्टिनाका गाेलकिपर फ्रान्काे अर्मानी । तस्बिरः एएफपी

रियो दि जेनेरियो, (एएफपी)– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्।

अर्जेन्टिनाले दोस्रो क्वार्टरफाइनलमा शुक्रबार भेनेजुएलालाई २–० ले हराउँदै ब्राजिलविरुद्धको अन्तिम ४ भिडन्त पक्का गरेको थियो। अर्जेन्टिनाको सहज जितमा लाउटारो मार्टिनेज र जियोभानी लो सेल्सोले समान एक गोल गरेका थिए।

कोलम्बियासँग २–० को हारबाट प्रतियोगितामा खराब सुरुआत गरेको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग १–१ को बराबरी खेलेको थियो भने अन्तिम खेलमा पाहुना टोली कतारलाई २–० ले हराउँदै समूह उपविजेताका रूपमा अन्तिम ८ मा प्रवेश गरेको थियो।

‘ब्राजिल र अर्जेन्टिनाबिचको भिडन्त रोचक हुनेछ तर दुवैमध्ये एक टोली बलियो छ भन्न कठिन छ किनभने कोपा अमेरिका यस्तो प्रतियोगिता हो, जहाँ जुनसुकै टोली अन्य टोलीलाई निराश पार्न सक्षम छन,’ मेसीले भने, ‘हामी उनीहरूलाई सम्मान गर्छाैं र उनीहरू बलियो टोली हुन् भन्ने समेत थाहा छ।’

ब्राजिल पहिलो क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो।

‘हामी स्वाभाविक लयमा छौं। टोलीले अझै सुधारिएको प्रदर्शन गर्न आवश्यक छ,’ मेसीले भने, ‘मैले व्यक्तिगत रूपमा भने स्वाभाविक लयको प्रदर्शन गर्न सकिरहेको छैन। टोलीमा कुनै समस्या छैन र ब्राजिलविरुद्ध कडा प्रतिस्पर्धा हुनेमा कुनै दुविधा छैन।’

मेसीले ब्राजिलमा जारी प्रतियोगिता खेलाइएको रंगशाला स्तरीय नभएको बताए। यसअघि ब्राजिलका प्रशिक्षक टेटेले समेत मैदान खेल्न लायक नभएको बताएका थिए। ‘यहाँ खेल्न निकै कठिन छ र मैदान स्तरीय छैन।त्यसैले सबै खेलाडी बल नियन्त्रणमा लिन असफल भइरहेका छन्,’ मेसीले भने।

खेलको १०औं मिनेटमा मार्टिनेजले गरेको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। ७५ओैं मिनेटमा लो सेल्सोले बललाई जाली चुमाएसँगै अर्जेन्टिनाको अघिल्लो चरणले औपचारिकता पाएको थियो।

भेनेजुएलाका प्रशिक्षक राफेल डुडामेलले कोपा अमेरिकाबाट टोली बाहिरिए पनि प्रतियोगिता २०२२ को कतार विश्वकप छनोटका लागि फलदायी हुने बताए। ‘हामीले प्रतियोगिताबाट बाहिरिनु पीडादायी भए पनि हामीले धेैरै पाठ सिकेका छाैं, जुन आगामी दिनमा फलदायी बन्नेछ,’ डुडामेलले भने।

शुक्रबारै भएको अर्को खेलमा साबिक विजेता चिली कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित समयको खेल गोलहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा कोलम्बियाका हामेस रोड्रिग्वेज, इर्बिन कार्डोना, हुँवा क्वार्डाडो र यारी मिना सफल भए भने विलियम टेलिसोको प्रहार बाहिरएको थियो। चिलीका आर्टुरो भिडाल, इड्वार्डो भागस, इरिक पुलगार,चाल्र्स आरानग्वेज र एलेक्सिस सान्चेजले बललाई पोस्टको दिशा दिए।
 

प्रकाशित: १५ असार २०७६ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App