coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेस्सी फेरि चुके, अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी - ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा जारी प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।  ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १/१ गोल गरे।

 खेलको १९ ‌औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए। त्यस्तै दोस्रो हाफको ७१ औं मिनेटमा जिससको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए। गोल गर्ने केही अवसर पाएको भए पनि अर्जेन्टिनाले मौकाको सदुपयोग गर्न सकेन। यो हारसँगै अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको सपना तुहिएकाे छ। उनी एकपटक फेरि चुकेका छन्।

 

प्रकाशित: १८ असार २०७६ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App