१ माघ २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन्।

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए – इमरान खान

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा बसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन्।

उत्तरी इराकमा सात जना लडाकू मारिए

इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ।

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ।

पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्।

आणविक प्रतिबद्धताबाट इरान विस्तारैे पछि हट्नुपर्छ : खामेनी

इरानले सन् २०१५ मा अमेरिकासहित विश्व ६ शक्ति राष्ट्रसँग भएको आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः छोड्दै जाने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मंगलबार बताएका छन्। खामेनीले युरोपेली मुलुकहरूका नेतालाई संकेत गर्दै भने, ‘तपाईहरूले आफूले गरेका एउटै पनि वाचा पूरा गर्न नसक्ने अनि किन हामीबाट सम्झौताका प्रतिबद्धता पालना होउन् भनी चाहना राख्नुहुन्छ ?’

इरानले आणविक प्रतिवद्धताबाट विस्तारैे पछि हट्नुपर्छः खामेनी

इरानले सन् २०१५ मा अमेरिकासहित विश्व शक्ति राष्ट्रहरूसँग भएको सम्झौतामा गरिएका प्रतिवद्धतालाई क्रमशः छोड्दै जाने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मङ्गलबार बताएका छन्।

नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

वाणिज्य दुतावास सियाटलमा नेपाल जाने भिसा लिन आउने हरेक १० जनामध्ये तीन जनाले आफ्नो रिटायर्ड लाइफ नेपालमा बिताउने चाहना व्यक्त गर्ने गर्ने गरेका छन्।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। उनले भने– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ।

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन्।

दक्षिण अमेरिकामा मुख्य समस्या भ्रष्टाचारः मूडीज

दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ।

ट्रम्पको निम्तो अस्वीकार

अमेरिकाकी स्ट्राइकर मेघन रापिनोईले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला विश्वकप विजेता टोलीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए पनि आफूहरू त्यो निम्तो स्वीकार गर्ने पक्षमा नरहेको बताएकी छिन्।

अमेरिका–चीनबीच व्यापार वार्ता पुनः सुरु

संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ। दुवै मुलुकबीच विश्वासको वातावरण रहेको भन्ने घोषणाको करिब एक सातापछि नै व्यापार युद्धको चित्त बुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्