६ आश्विन २०८१ आइतबार
image/svg+xml

विष्फोटक पदार्थसहित विप्लवका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बुढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेल्ने ११ जना मुलपानीबाट पक्राउ

महानगरीय प्रहरीले जुवातास खेल्ने ११ जनालाई कागेश्वरी मनोहरा नगरपालिकाबाट नियन्त्रणमा लिएको छ।

सिरहाबाट सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम सिरहा स्थित सरकारी निवासबाटै उनलाई प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला प्रहरी कार्यालय पठाएको छ।

३३ लाख ठगी आरोपमा पक्राउ

जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ।

घुससहित दुईजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले दुईजनालाई पक्राउ गरेको छ। चालक अनुमतिपत्र बनाउन दलालमार्फत पैसाको लेनदेन हुने गरेको सूचना पाएर खटिएको टोलीले ‘चारो’ को रुपमा नगद दिएर रंगेहात राकेश रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो।

धर्म प्रचारकको बिगबिगी बढ्दो

क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो।

विप्लव माओवादीका सेती व्यूरो सदस्य शाह पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेति व्यूरो सदस्य डवल शाह पक्राउ गरेका छन्। पूर्व सभासद समेत रहेका शाहलाई प्रहरीले शुक्रबार धनगढीबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई बिहान धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित डेराबाट पक्राउ गरेको हो।

साइप्रसमा ‘सिरियल किलर’ पक्राउ, नेपाली महिला मारिएको आशंका

साइप्रसमा एक ‘सिरियल किलर’ पक्राउ परेका छन्। विभिन्न देशका ७ जना महिलाको हत्यामा संलग्न ३५ वर्षीया ‘सिरियल किलर’ पक्राउ परेका हुन्। मृतक महिलामध्ये २ जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो। शव फेला परेका तीनै महिला फिलिपिन्सका रहेका छन्।

युट्युबका नाममा फैलदै विकृति

गत वर्ष अश्लील संवाद र द्विअर्थी प्रश्नसहितको कार्यक्रम प्रसारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ नामक युट्युब च्यानलका सञ्चालकसहित तीनलाई पक्राउ ग-यो। अश्लीलता झल्कने अन्तर्वार्ता युट्युब च्यानलबाट प्रसारण गरेकाले च्यानल सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वाता दिने मोडल हेटौंडाकी परी तामाङलाई साईबर अपराधअन्तर्गत प्रहरीले मुद्दा चलायो।

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला बलात्कृत भएकी छिन्। छत्रकोट गाउँपालिका ५ मा २६ बर्षीय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।

स्याउकाे गाडीमा ७ केजी सुन, चालक पक्राउ

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुनसहित रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पक्राउ परेका हुन्।

विप्लवको नेकपाका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन्।

रानीबारीमा लुटपाट गर्ने पक्राउ

काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्