६ आश्विन २०८१ आइतबार
image/svg+xml

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ।

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अबैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकबाट पक्राउ गरेको हो।

राप्रपाले जलायाे 'धर्मनिरपेक्षता', १४ नेता कार्यकर्ता पक्राउ

शुक्रबार रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको विरोधसभामा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जनालाई पक्राउ गरेको हो।

विप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ

विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ।

ताप्लेजुङका पत्रकारले दिए प्रशासनमा धर्ना

पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

५० केजी गाँजासहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौंबाट प्रहरीले ५० केजी लागऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरवारमर्गबाट खटिएको प्रहरीको टोलीले लाजिम्पाटबाट ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

भूमाफियाको विरोध गर्न पुगेका विवेकशीलका १७ पक्राउ

बालुवाटारको जग्गामा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्।

५० किलो गाँजासहित दुई जना पक्राउ

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएका प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

चन्द समूहका जिल्ला सदस्य पक्राउ

खोटाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् । जिल्ला सदस्य सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विप्लवका खोटाङ जिल्ला सदस्य पक्राउ

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका खत्रीलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाइकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनसहित एकजना पक्राउ

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ।

साइबर अपराध आरोपमा पोखराका पत्रकार पक्राउ

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको कास्की प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्