९ मंसिर २०८१ आइतबार
image/svg+xml

विराटनगरमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले विराटनगरमा शाखा विस्तार गरेको छ । यो उसको ७८औं शाखा हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकका ब्रान्ड दूत सीताराम कट्टेल (धुर्मुुस) र कुन्जना घिमिरेको (सुन्तली) सहभागितामा उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुक्तिनाथ मन्दिर दुलहीजस्तै सिंगारियाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलहीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ ।

मुक्तिनाथमा मोदीको एकघण्टा

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथमा एक घण्टाभन्दा बढी समय बिताउने भएका छन्। मोदीले यही वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्ने तय भएको छ।

मुक्तिनाथमा आइसियु

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणक्रममा उनीसँगै सघन उपचार विशेषज्ञ (फिजिसियन एट एटेन्डेन्स) खटाउने भएको छ। मोदीले भ्रमण गर्ने मुस्ताङको मुक्तिनाथमा अस्थायी आइसियु र एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखिने छ। काठमाडौं र जनकपुरमा पनि चिकित्सकसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिने छ।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ।

धम्बोजीमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजीमा शाखा विस्तार गरेको छ। उक्त शाखा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेको बैंकले जनाएको छ।

तुलसीपुरमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंकले तुलसीपुर उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा दाङका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उदघाटन गरेको बैंकले जनाएको छ।

कुलेश्वरमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले उक्त शाखाको उदघाटन गरेको बैंकले जनाएको छ।

न्यूरोडमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंकले न्युरोडस्थित देव प्लाजामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंक

नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा पूर्वपरराष्ट्र मन्त्री तथा अर्थमन्त्री भेषबहादुर थापाले उक्त शाखाको सोमबार उद्घाटन गरेको बैंकले जनाएको छ।

मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै

धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट एक वर्षभित्र संञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ ।

मुक्तिनाथमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते

धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा बिराटनगर–८ का गणेश सुवेदी, सवारी चालक बाग्लुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमा मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्रे

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

मुक्तिनाथका नयाँ मूर्तिमा पर्यटक आकर्षित

हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थ मुक्तिनाथमा गाउँलेले चार करोड रुपैयाँ खर्चेर स्थापना गरेका दुई नयाँ मूर्तिले पर्यटकको ध्यान खिचेको छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मुक्तिक्षेत्रमा उनीहरुले शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका मूर्ति ठड्याएपछि त्यहाँ पर्यटक झुम्मिन थालेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्