काठमाडौं– मुक्तिनाथ विकास बैंकले तुलसीपुर उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा दाङका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उदघाटन गरेको बैंकले जनाएको छ।
उदघाटन समारोहमा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको विषयमा जानकारी गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १५ चैत्र २०७४ ०१:०० बिहीबार