२५ असार २०८१ मंगलबार
image/svg+xml

विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र भएको तालिवानको स्पष्टोक्ति

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन्।

विरोधीप्रति आक्रामक बन्दै तालिबान, घरघरमा पुगेर बदला

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको गोप्य कागजातमा तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको उल्लेख छ।

गुनवर्द्धने अफगानिस्तानको ब्याटिङ प्रशिक्षक

गुनवर्द्धनेमाथि इमिरेट्स क्रिकेट बोर्डको आर्थिक नियम तोडेको आरोपमा भ्रष्टाचार लागेको थियो। तर, गत मेमा भएको एक स्वतन्त्र समितिको अनुसन्धानपछि उनी निर्दोष साबित भए र उनले प्रशिक्षण करियर अगाडि बढाउने अवसर पनि पाएका हुन्।

काबुल र विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ।

अफगानिस्तानको काबुलबाट थप ४३७ नेपालीको उद्धार

अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै उनिहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट बेलाइत लगिएको हो।

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।

काबुल तालिबानीको कब्जामा, इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन्। उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन्। तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए।

काबुल कब्जा गर्दै तालिबान

तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’

अर्को काबुल

असंलग्न र कूटनीतिक रूपले राष्ट्र परिपक्व हुन सकेन भने कुनै पनि बेला जटिल समस्या आउन सक्छन् र काठमाडौं पनि अर्को काबुल बन्न सक्छ !

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

काबुल विस्फोटमा सात जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

सुरुङ विस्फोटबाट नौ बालबालिका मारिए

युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन्। प्रहरीका अनुसार विस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको हो। यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा गत शनिबार भएको थियो।

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ।

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन्।

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्