२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

द्वैध मानसिकताको दलदल

सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार पनि नछाड्ने र एमसिसीविरुद्ध सडकमा पनि जाने रणनीतिमा छन्। यो द्वैध मानसिकताले मुलुकका समस्या समाधान गर्न सक्दैन। एमसिसी नचाहिएको हो भने संसद्बाट असफल गराए हुन्छ। देशका निम्ति यो चाहिन्छ पनि भन्ने र सडकमा पनि जाने स्थितिले यसलाई गिजोलेको छ।

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैनः रामचन्द्र पौडेल

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेटवार्ता: अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।

मुलुकमा नेपाली कांग्रेसको योगदान प्रचार गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन: महामन्त्री थापा

उनले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले। पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यि सबैकुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ। नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्नेकुरा सँग होइन।'

मूर्ति चोरी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए।

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

आज १६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँ पुगेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ।

जुम्लामा जातीय भेदभाव कायमै रहेको निष्कर्ष

संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।

नेपाल लाइफको नयाँ योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना सार्वजनिक गरेको छ। यो योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र गरेको लगानीको पनि सुनिश्चतता दिने कम्पनीको भनाइ छ। न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो।

एक महिने स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्