५ आश्विन २०८१ शनिबार
image/svg+xml

बालगृहका नाममा ठगी

बालबालिकासम्बन्धी ऐन, २०७५ मा जबर्जस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने, कानुनबमोजिम बाहेक बालगृहमा राख्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था छ। बालगृहको नाममा ठगीधन्दा मौलाउँदै गएकाले अनुगमन प्रभावकारी बनाउन जरुरी छ।

बालगृहका नाममा ठगी धन्दा

बालगृह सञ्चालकले प्रलोभन देखाई अभिभावकसँग रकम असुल्ने तर बालबालिकालाई उचित वातावरण नदिने गरेको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनले देखाएको छ।

नयाँ बालगृह खोल्न नदिन निर्देशन

गैरसरकारी बालगृह संचालनको नाममा आउन अनुदान वा सहयोग बालबालिकाको हितमा प्रयोग नभई सञ्चालकले प्रयोग गर्ने गरेको भन्दै समितिले सबै बालगृह सञ्चालकहरुको आर्थिक परिक्षण गरि सत्य तथ्य बाहिर ल्याउन, अनियमितता गर्नेलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि समितिले मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ।

बालगृहलाई स्कुल ब्याग सहयोग

गौरीशंकर बालगृहमा रहेका २९ जना असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका व्यवसायी सनत थापाले सहयोग गरेका छन्। भीमेश्वर नगरपालिका–५ स्थित गौरीशंकर बालगृहका बालबालिकालाई थापाले शनिबार बिहान बालगृह पुगेर २५ हजार रुपैयाँ बराबरका स्कुल ब्याग, मिठाई र खानेकुरा बाँडेका हुन्।

बालगृहलाई व्यवसायीको सहयोग

जिल्लाको गौरीशंकर बालगृहमा रहेका असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुल ब्याग सहयोग गरेका छन्।

हराएका बालक खोज्दा चोर भेटिएपछि...

बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्‍याे । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पार्‍याे । बालकलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएर सोधपुछ सुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो।

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

बालगृहलाई घडेरी बेचेर ४० लाख

क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ गाउँकी ८० वर्षीया सानुमाया गुरुङ सानैदेखि अलि विद्रोही स्वभावकी। ‘छोराले पढ्दा, छोरीले मेलापात र घरधन्दा मात्रै गर्नुपर्ने किन ?’, ‘छोरालाई जागिरमा लगाउने छोरीलाई विहेदान गरेर पठाइहाल्नु पर्ने कारण के हो ?’, ‘छोराले मात्रै अंश पाउने छोरीलेचैं अंश नपाउने किन ?’ यस्तै अनेकौं अमिल्दा अवस्थाका प्रश्नहरू उनको मनमा खेलिरहन्थे।

दर्ता नगरी बालगृह सञ्चालन गर्ने पक्राउ

रत्ननगर (चितवन)– दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्