६ आश्विन २०८१ आइतबार
image/svg+xml

सौराहामा सुरु भयो हात्ती महोत्सब

पर्यटकीय क्षेत्र सौराहामा मंगलबारबाट १४ औं हात्ती महोत्सब सुरु भएको छ। क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्ने छ। सौराहा नजिक बाघमारा मध्यवर्ती सामुदायीक वनको चौरमा सञ्चाल हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे।

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ ।

हात्तीले टावर भाँचेपछि लोडसेडिङ

हात्तीले बिजुली प्रसारण टावर भाँचीदिएपछि पश्चिम नेपालका केही क्षेत्रहरुमा लोड सेडिङ भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरबाट प्रवाह हुने ठाँउमा पिक आवरमा लोडसेडिङ गरिएको प्राधिकरणले जनाएको छ ।

हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम

मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।

अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियाेगिता नहुने

जाडाे याममा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता यस वर्षबाट भने नहुने भएको छ । बुधबार अायाेजित कार्यक्रममा आयोजक टाइगर टप्सले यसवर्षदेखि अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नहुने जानकारी गराएका थिए । यसअघि टाइगर टप्सले अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताकाे ३५औं संस्करण अायाेजना गरिसकेकाे थियाे ।

रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु

उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरूले जनाएका छन्।  आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन्। त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ।

चाँदी र हात्तीको पुच्छरसहित दुई जना पक्राउ

अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

जंगली हात्तीको बथानले घर भत्कायो

जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।

जंगली हात्ती बस्तीमा छिर्दा स्थानीयको विजोग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।

मृत हात्ती पोष्टमार्टम गर्न कोसीटप्पु लगियो

अघिल्लो दिन मृत अवस्थामा भेटिएको जंगली हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्र सुनसरीको जिम्मा दिइएको छ। शुक्रबार साँझ ५:३० बजे जिल्लाको पूर्वी बेलका नगरपालिका ८ स्थित माछापुछ्रे सामुदायीक बन उपभोक्ता समूहको नुनचट्टा भन्ने ठाँउमा मृताबस्थामा भेटिएको हात्ती पोष्टर्मार्टमका लागि बन्यजन्तु आरक्षण केन्द्रको जिम्मा लगाइएको हो।

आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कटको निर्णय गरिएको छ । आगामी २०७५ साल पुस महिनामा मध्यपश्चिम क्षेत्रमा हुन लागेको उक्त प्रतियोगिताको मस्कट हात्तीको बच्चा (छावा) राख्ने निर्णय गरिएको हो  । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

हात्ती पीडितको बिचल्ली

विगत १७ वर्षको अवधिमा हात्ती आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत वर्ष मात्र जंगली हात्तीको आक्रमणमा परी मध्यवर्तीका ६ जनाको ज्यान गएको थियो ।

एम्बुस थापेर तस्करले जंगली हात्ती मारे

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्