२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। यहाँ आउने पयर्टकलाई पदमार्गबारे आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो।

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन्।

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदो खेती हुने बारीमा व्यावसायिक सिमी खेती गरेका छन्।

गैह्रीगाउँ हत्या प्रकरणः यस्तो छ घटनास्थल (तस्बीरहरु)

काठमाडौं तीनकुने स्थित गैह्रीगाउँमा गएराति एकैपरिवारको चार जनाको सामुहिक हत्या भएको छ। तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

गैह्रीगाउँ हत्या प्रकरणः तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानमा, सबै नाकामा प्रहरी परिचालन

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको छ।

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन्। आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्। सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन्।

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्कीको माछापुच्छे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।

‘कुश ल्याउने पुरोहित समेत छैनन् गाउँमा ’

गएको केही वर्षदेखि कुशे औंसीको दिन उनको न त पुरोहित नै कुश नै कुश लिएर आउँछन् न त उनी आफै कुश लिन जान्छन्। बरु घरमा देव तथा पितृ कार्यमा कुश चाहिए पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन्।

वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।

भारतमा एक नेपालीको मृत्यु

रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्