८ वैशाख २०८१ शनिबार

सुक्खा पहिरो र हिउँका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ।

कर्णाली राजमार्गमा सास्ती र त्रास उस्तै

यसले कर्णालीका नागरिकलाई कैलाली,बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो।

३४ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

बेपत्ता ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबारदेखि बन्द गरिएको कर्णाली राजमार्ग ३४ घण्टापछि खुलेको हो।

भगवान पुकार्दै गर्नुपर्छ कर्णालीको यात्रा

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ।

बेपत्ता ट्याक्टर चालकको खोजीको माग गर्दै कर्णाली राजमार्ग बन्द

चन्दननाथ नगरपालिका-९ बयालकाटियाका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्।

कर्णाली राजमार्ग जीर्ण: यात्रुलाई सधैं सास्ती

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’

कर्णाली राजमार्ग: दुई लेनको सडक यात्रा अधुरै

सुर्खेत बांगेसिमलबाट जुम्ला जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गको नामले पनि चिन्ने गरिन्छ।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ४ राचुलीस्थित बर्षातका कारण पहिरो जाँदा अवरुद्ध सडक अवरुद्ध भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।

कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।

कर्णाली राजमार्गकाे पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

कर्णाली राजमार्ग खुलाउन सकस

राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

कर्णाली राजमार्गमा पहिरै–पहिरो

भारी वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ५० ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन चलाउनमा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्