फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर मृत्यु
महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताए।
महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताए।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।
इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।
क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ।
खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए। उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।
मोटरसाइकलले ठक्कर दिँदा यहाँका पैदलयात्री एक बृद्धको सोमबार राति मृत्यु भएको छ । साँझ ७ः०० बजे स ७ प ७२६२ नम्बरको मोटरसाईकलले ठक्कर दिएर घाइते भएका त्रियुगा नगरपालिका– ७ मोतिगडाका ६० वर्षीय केशरबहादुर ठकुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् ।
नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।
भिरबाट खसेर आइतबार यहाँ एक युवाको ज्यान गएको छ। लिमिठाना गाउँ विकास समिति वडा नम्बर ३ घर भई सदरमुकाम कुश्मामा मजदुरी गर्दै आएका ३० बर्षिय कृष्ण परियार भिरबाट खसेर मृत्यु भएको हो।
-सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।