२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मनाउँमा हात्ती अातंक, हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया–बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान  हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।

ट्युसन पढन विद्यालय हिँडकी छात्र बिमल सिंह र राम प्रसाद लामिछाने हात्तिको आक्रमणबाट गम्भिर घाइते भएका छन्।
 दुई जना घाइतेलाई थप उपाचारकालागी नेपालगंज लगिएको छ। हात्तिले अन्य पाँच जना स्थानीयलाई आक्रमण गरिसकेको छ ।

१०/१२ वटा संख्यामा गाउँ पसेका हात्तीका कारण स्थानीयबीच भागभाग मच्चिएको छ। त्यसमध्य दुई वा हात्तिले घर भत्काएर ताण्डव मच्चाइरहेका छन्। बिहानैदेखि हुस्सुले ढाकेका कारण हात्ति लखट्ने गरिएको प्रयास विफल भएको छ। २० मिटर टाढा देख्न नसक्ने अवस्थामा हस्सु कुहिरोले ढाकिएका कारण हात्तिले पटक पटक आक्रमण प्रयास गरिरहेको छ।  स्थानीयका अनुसार दुई वटा हात्ति गाउँ वरपर डुलिरहेका छन् ।

निकुन्जको मुख्य कार्यालय ठाकुरद्वाराबाट सहायक संरक्षण अधिकृत अशोक भण्डारी नेतृत्व गाउँवाट हात्ति धपाउने प्रयास भएको छ । ओखरिया, बन्जरिया र ठाकुरद्वाराबाट घटनास्थल पुगेको नेपाली सेनाको टालीले हात्ति भगाउँने प्रयास गरिरहेको प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

प्रकाशित: १३ पुस २०७३ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App