बसले किचेर एक महिलाको मृत्यु
जिल्लाको शितगंगा नगरपालिका भेडामारेमा श्रीमानले चलाएको लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शितगंगा नगरपालिका भेडामारेमा श्रीमानले चलाएको लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ।
अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्।
जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह सावडाँडामा वस दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ।
भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।
माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ५३ वर्षीय चित्रबहादुर नेपाली रहेका छन्।
रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ। रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए।
अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ।
सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका तीन सय४ जना बिद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा बिराटनगर–८ का गणेश सुवेदी, सवारी चालक बाग्लुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमा मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।
सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।
सोलुखम्बुमा सोमबार लेक लागेर एक जनाको मृत्यु भएको छ। सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
निस्दी गाउँपालिका–७ ज्यामिरेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्।
अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा २० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। घटमा परि एक सय भन्दा बढी घइते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।
दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ।