४ मंसिर २०८१ मंगलबार
image/svg+xml

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो ।

नुहाउँदा नुहाउँदै खोलामा डुबेर बालिकाको मृत्यु

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमकी सात वर्षीया बालिका बसन्ती भुलको आज जमादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो गोठालो गएका बेला नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

सदरमुकाम गौर स्थित राईस मिलमा संचालित धार्मिक महोत्सवमा बनाईको बैष्णे देवी गुफामा करेन्ट लागेर स्थानीय १४ वर्षिया मुनिता कुमारी पंडितको ज्यान गएको छ।

बसको ठक्करबाट युवतीको मृत्यु

हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठाेक्किँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

ट्याम्पू दुर्घटना हुँदा एकको मृत्यु

मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सडक दुर्घटनामा परी धनुषामा गएराति दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी रहेको छ भने अर्का एकजना महिलाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

जिपबाट खसेर एक महिलाको मृत्यु

जिपबाट खसेर आज दार्चुलामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । देथलाबाट शौकेबगर जाँदै गरेको से १ ज ५९७ नम्बरको जिपको ढोका एक्कासी खुल्न गई जिपमा सवार कलावती दिउँसो १ बजेतिर सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिल्लर ढलेर किच्दा बालकको मृत्यु

घरमै खेलिरहेका बेला निर्माणाधिन घरको पिल्लर लडेर किच्दा यहाँका एक बालकको शुक्रबार मृत्यु भएको छ। घरबाहिर खेलिरहेका बेला छिमेकीको निर्माणाधिन पक्की घरको पिल्लर लडेर किच्दा त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ६ वर्षीय सन्देस खड्काको मृत्यु भएको हो।

मुम्बई रेल्वे स्टेसनमा भागदौड हुँदा २२ को मृत्यु

मुम्बई रेल्वे स्टेसनमा भएको भागदौडमा २२ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान साढे १० बजे भागदौड भएको थियो। घटनामा  २७ जनाभन्दा बढी घाईते भएका छन्।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो।

सेफ्टीट्याङ्कभित्र निस्सासिएर तीन जनाको मृत्यु

सेफ्टीट्याङ्कीभित्रको सेन्ट्रिङ निकाल्ने क्रममा रौतहटमा तीन जनाको मृत्यु भएको छ। रौतहटको यमुनामाइ गाउँपालिका वडा नं.१ सुकदेव चोक नजिकै वकिल बैठाले नयाँ घरका लागि एक महिना अघि सेफ्टीट्याङ्की बनाउन थालेका थिए।

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना , ६ को मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

अरिङगलले टोक्दा युवकको मृत्यु

अरिङ्गालको टोलाईबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने जयधने बुढाका २६ वर्षका छोरा तुला बुढा रहेका छन्। बुढाको आइतबार राती १० बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्